खराब कर्जा घटेसंगै सामुदायिक लघुवित्तको नोक्सानी उल्लेखनीय घट्यो



Advertisement
Ads

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले चालु आवको दोस्रो त्रैमासमा १ करोड ८ लाख घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ९९ लाख रुपैयाँ घाटामा थियो।


Advertisement

पुससम्ममा कम्पनीले  ४ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको खुद ब्याज आम्दानीमा समेत सुधार आउँदा नोक्सानी कम भएको हो । कम्पनीको एनपीएल १४.६५ प्रतिशत विन्दुबाट घटेर ४.८९ प्रतिशत विन्दुमा झरेको छ ।


Advertisement

हाल यस कम्पनीको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ करोड ३५ लाख रुपैयाँ जम्मा छ । पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १२.७३ रुपैयाँ ऋणात्मक छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ भने १०७.९१ रुपैयाँ रहेकोे छ ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर