सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो १२औँ वार्षिक साधारण सभा आज आयोजना गर्दैछ। सभा आज चैत २७ गते शुक्रबार बिहान ११ बजे होटेल उग्रचण्डीको सभाहलमा हुने संस्थाले जनाएको छ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, सोही आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पनि पारित गरिनेछन्।
त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभामा स्वतन्त्र सञ्चालक नियुक्तिसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि प्रस्तुत हुनेछ। हाल संस्थाको सेयर संरचना संस्थापक समूहको ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत रहेकोमा ८.६५ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरी नयाँ संरचना संस्थापकतर्फ ५३.७२ प्रतिशत र सर्वसाधारणतर्फ ४६.२८ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
यसैगरी, अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभामा पेश हुनेछ।
साथै, नियामक निकायबाट स्वीकृति लिने, आवश्यक परे प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा अन्य आवश्यक कार्यहरू गर्न सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गर्ने प्रस्तावहरू पनि पारित गरिने संस्थाले जनाएको छ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया