दुई लघुवित्त कम्पनी मर्ज हुँदै, प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर

दुई लघुवित्त कम्पनी मर्ज हुँदै, प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर
Advertisement Ads

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रयोजनका लागि प्रारम्भिक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्राचार गर्दै मिति २०८३ साउन १८ गते दुवै संस्थाबीच मर्जरका लागि प्रारम्भिक सम्झौता सम्पन्न भएको जानकारी गराएको हो।

मर्जर प्रक्रिया सुरु भएसँगै गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ३(१) बमोजिम सामुदायिक लघुवित्तका संस्थापक (आधारभूत) सेयरधनीहरूको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि रोक्का गर्न अनुरोध गरिएको छ।

सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा–१४, साँगामा रहेको छ भने सञ्जीवनी लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुर–५ मा रहेको छ।

सामुदायिक लघुवित्त नेप्सेमा सूचीकृत कम्पनी भए पनि सञ्जीवनी लघुवित्त भने हालसम्म नेप्सेमा सूचीकृत छैन।

Screenshot 3 8 2026 121646 www.nepalstock.com https://bajarkochirfar.com/two-microfinance-companies-are-merging-initial-memorandum-of-understanding-signed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स