instainsta

सामुदायिक लघुवित्तको साधारण सभा चैत २७ गते बस्दै, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
सामुदायिक लघुवित्तको साधारण सभा चैत २७ गते बस्दै, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई जानकारी गराउँदै सेयर संरचना परिमार्जन गर्ने निर्णय गरेको छ। संस्थाले संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने मुख्य प्रस्तावसहित १२औं वार्षिक साधारण सभा आह्वान गरेको हो। संचालक समितिको चैत ३ गतेको बैठकले साधारण सभा चैत २७ गते, बिहान ११ बजे, होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोक मा बस्ने निर्णय गरेको छ।

सभाले कम्पनीको हालको पूँजी संरचना, जहाँ संस्थापक र सर्वसाधारण समूहको सेयर अनुपात क्रमशः ६१:११ र ३८:८९ रहेको छ, परिमार्जन गर्नेछ। साविक संस्थापक सेयरधनीको संस्थापक सेयरमध्ये कुल चुक्तापूँजीको ८.६५ प्रतिशतलाई सर्वसाधारण सेयरमा रूपान्तरण गरी अन्तिम अनुपात संस्थापक समूह ५३.७२ प्रतिशत र सर्वसाधारण समूह ४६.२८ प्रतिशत हुने गरी पूँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, वित्तीय संस्थालाई अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्यसम्पन्न गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, सोही वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने एजेण्डा पनि सभामा रहेको छ। साधारण सभा प्रयोजनका लागि संस्थाले चैत १८ गते एक दिनको बुक क्लोज तोकेको छ र यस अनुसार चैत १७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स