सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीले सेयरधनीको अभिलेख व्यवस्थापन तथा धितोपत्रसम्बन्धी सम्पूर्ण रजिष्ट्रार सेवा सञ्चालनका लागि एनएमबी क्यापिटलसँग सम्झौता गरेको हो।
कम्पनीका अनुसार सेयर रजिष्ट्रार नियुक्त भएसँगै अब धितोपत्र कारोबारसँग सम्बन्धित सेयरधनीको अभिलेख अद्यावधिक गर्ने, दाखिल–खारेज, नामसारी, सेयर रोक्का राख्ने तथा सेयरधनीको लगत व्यवस्थापनलगायत सेयर रजिष्ट्रारअन्तर्गतका सम्पूर्ण कार्य एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ।
कम्पनीले सेयरधनीलाई आवश्यक धितोपत्रसम्बन्धी सेवा सहज र व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले सेयर रजिष्ट्रार नियुक्त गरिएको जनाएको छ।
प्रतिकृया