सर्वसाधारण समेत किन्न मिल्ने गरि सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १७ गते
सर्वसाधारण समेत किन्न मिल्ने गरि सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति?
AdvertisementAds

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर चैत १७ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले उक्त सेयर सर्वसाधारणले समेत किन्न मिल्ने गरि बिक्रीमा ल्याएको हो।

प्रतिकित्ता मूल्य २५० रुपैयाँ तोकिएको छ र आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ। न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । इच्छुक लगानीकर्ताको चैत २६ गते कार्यालय समयभित्र आवेदन पेश गर्न सक्नेछन् । यसअघि, उक्त सेयर विद्यमान सस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गरिएको थियो।तर, तोकिएको अवधिसम्म आवेदन नपरे पश्चात सर्बसाधारणले समेत किन्न मिल्ने गरि बिक्री खुला  गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स