सर्वसाधारणले १६५ रूपैयाँमै सप्तकोशी विकास बैंकको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३१ गते
सर्वसाधारणले १६५ रूपैयाँमै सप्तकोशी विकास बैंकको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?
AdvertisementAds

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर लिलाममार्फत बिक्रीमा राखेको छ, जसलाई सबैले किन्न सक्ने व्यवस्था गरिएको छ। बैंकले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रुपैयाँ निर्धारण गरेको छ।

यस लिलामीमा लगानीकर्ताले कम्तीमा १०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्, भने बढीमा १० ले निःशेष भाग जाने गरी वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।

आवेदन दिन चाहने लगानीकर्ताले आज (चैत ३१) गतेदेखि वैशाख ८ गतेभित्र आवेदन दिनु पर्नेछ। आवेदन फारम डिल्लीबजार, बाटुलेघरस्थित सिटिजन्स क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयबाट प्राप्त गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स