आजदेखि ११० रुपैयाँमै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर किन्न पाइने

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १९ गते
आजदेखि ११० रुपैयाँमै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर किन्न पाइने
AdvertisementAds

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर हाल प्रतिकित्ता ११० रुपैयाँमै लिलामीमार्फत बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ४० हजार कित्ता सेयर आज जेठ १९ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा आएको हो। यस सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा आवेदकले यो न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ। सेयर खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण ४० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौँ, डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलमा पेस गर्नुपर्नेछ। आवेदन पेस गर्ने अन्तिम म्याद जेठ २५ गतेसम्मको बैंकिङ समयभित्र तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स