सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २४ गते
सप्तकोशी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले १५औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले आगामी असार १४ गते आइतबार बिहान ११ बजेदेखि विराटनगरस्थित होटल रुविजमा सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन आवश्यक परे सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। प्रस्ताव पारित भएमा सञ्चालक समितिले मर्जर वा प्राप्तिसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सक्नेछ।

यस्तै, सभामा अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमाथि पनि निर्णय गरिनेछ।

साधारण सभा प्रयोजनका लागि बैंकले असार २ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। त्यसअनुसार असार १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स