सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा मंगलबार पुस २९ गते काठमाडौंको ज्ञानेश्वरस्थित रानी महल ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीले लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गरेको थियो । जसअनुसार पुस १७ गतेसम्म कायम सेयर’धनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन् ।
साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू अनुमोदन गरेको छ । साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिकसमेत निर्धारण गरिएको छ ।त्यसैगरी सभाले कम्पनीको उद्देश्यमा सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने वा गराउने व्यवस्था थप गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) शीर्षकमा गरिएको खर्च अनुमोदन गर्ने तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने विशेष प्रस्तावहरू पनि पारित गरेको छ ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया