सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

सर्वसाधारणले सर्वोत्तम पेन्ट्सको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज असार २ गते अन्तिम दिन रहेको छ। कम्पनीले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर बिक्री खुला गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारीग्लोबल आईएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

सीडीएससीको तथ्यांकअनुसार सोमबार बेलुकासम्म सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओमा २४ लाख ६३ हजार ४२९ जना आवेदकले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा २ अर्ब ६७ करोड ४३ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ६७ लाख ४३ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन्।

यो संख्या निष्काशन गरिएको सेयर संख्याको तुलनामा ३७.९० गुणा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स