सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गरेको हो। सर्वसाधारणले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले ‘CARE-NP BB (Issuer Rating)’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आईपीओमा आवेदन दिने अवधि छिटोमा असार २ रहनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रणालीमार्फत पनि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

आईपीओ बिहान १० बजेपछि भर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स