सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र १ गते
सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुखको रुलिङ
AdvertisementAds

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित हुन रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषय तथा सरकारको कार्यशैलीबारे उठाएका प्रश्नको सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखले यस्तो निर्देशन दिएका हुन्।

सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ बमोजिम सांसदहरूले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिएका हुन्।

‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु,’ सभामुख अर्यालले बैठकमा भने।

प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ भने नियम ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा तथा उत्तर दिने प्रक्रियासम्बन्धी व्यवस्था छ।

AdvertisementAds

सदनमा उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ नआएको भन्दै सांसदहरूले पछिल्लो समय नियमापत्ति जनाउँदै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स