कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। नेकपा र एमालेबीच भएको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाएका छन्। दुवै दलबाट एक/एक जना राज्यमन्त्रीसमेत नियुक्त भएका छन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन्।
कसलाई कुन मन्त्रालय?
- हिक्मतकुमार कार्की — मुख्यमन्त्री
- इन्द्रमणि पराजुली — स्वास्थ्य मन्त्रालय
- विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना मन्त्रालय
- रामप्रसाद मेहता — उद्योग, कृषि तथा सहकारी मन्त्रालय
- तिलचन पाठक — खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
- खिनु लिम्बू — पर्यटन, वन तथा वातावरण मन्त्रालय
- जीवन आचार्य — भौतिक पूर्वाधार विकास मन्त्रालय
- गम्बु शेर्पा — आन्तरिक मामिला तथा कानुन मन्त्रालय
- गीता तिम्सिना — सामाजिक विकास मन्त्रालय
- सपना परियार — राज्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय
- उमाकान्त गौतम — राज्यमन्त्री, स्वास्थ्य मन्त्रालय

प्रतिकृया