गृहमन्त्री सुधन गुरुङले गोरखास्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको स्थलगत अनुगमन गरेका छन्।
गण्डकी गाउँपालिका–१, भिम्चुलिनारस्थित फिल्ड कार्यालय पुगेका मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका गतिविधिबारे जानकारी लिएका हुन्।
अनुगमनका क्रममा उनले आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयबारे समेत प्रत्यक्ष रूपमा जानकारी लिँदै अवस्थाको अवलोकन गरेका छन्।

प्रतिकृया