एनएमबी सरल बचत फण्ड–ईको लाभांश घोषणा

एनएमबी सरल बचत फण्ड–ईको लाभांश घोषणा
Advertisement Ads

एनएमबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनएमबी सरल बचत फण्ड–इले आर्थिक वर्ष २०८२/८३ का लागि ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ।

फण्डले २०८३ आषाढ मसान्तमा कायम रु. ४ अर्ब ८९ करोड १७ लाख ५५ हजार ९७८ रुपैयाँ ४० पैसा बराबरको इकाई पुँजीमा ५.२५ प्रतिशतका दरले कुल रु. २५ करोड ६८ लाख १७ हजार १८८ रुपैयाँ ८७ पैसा नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। उक्त दरमा करसमेत समावेश छ।

प्रतिफलका लागि २०८३ साउन २१ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधनी मात्र योग्य हुनेछन्। साउन २२ गतेदेखि भने लाभांश समायोजित खुद सम्पत्ति मूल्य (NAV) का आधारमा इकाईको खरिद–बिक्री हुनेछ।

फण्डको Dividend Reinvestment Plan (DRIP) मा सहभागी इकाईधनीको प्रतिफल रकमबाट प्रचलित कानुनअनुसार लाग्ने कर र इकाई खरिद गर्दा लाग्ने निर्धारित शुल्क कट्टी गरेपछि बाँकी खुद रकम बराबरको इकाई खरिद गरी सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइनेछ।

इकाई खरिद गरेपछि बाँकी रहने रकम तथा DRIP मा सहभागी नहुने इकाईधनीको हकमा कर कट्टीपछिको खुद प्रतिफल रकम सम्बन्धित इकाईधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिनेछ।

यसैगरी, फण्डले विगतका आर्थिक वर्षमा वितरण गरेको प्रतिफल प्राप्त गर्न बाँकी इकाईधनीलाई आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ।

nmbsbfe 20 1335592752 1 https://bajarkochirfar.com/nmb-saral-bachat-fund-e-dividend-announcement | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स