नेरुडे मिर्मिरे लघुवित्तले माग्यो सीईओ, केके चाहिन्छ योग्यता ?

नेरुडे मिर्मिरे लघुवित्तले माग्यो सीईओ, केके चाहिन्छ योग्यता ?

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। साउन ५ गते प्रकाशित सूचनाअनुसार, संस्थाले करारमा नियुक्तिका लागि एक जना सीईओ माग गरेको हो। न्यूनतम शैक्षिक योग्यता चार्टर्ड एकाउन्टेन्सी वा स्नातकोत्तर तह उत्तीर्ण गर्नुपर्नेछ। साथै बैंक तथा वित्तीय क्षेत्रमा कार्यकारी तहमा पाँच वर्ष वा व्यवस्थापन तहमा दश वर्षको अनुभव अनिवार्य छ। लघुवित्त क्षेत्रमा अनुभव, सूचना प्रविधिमा दक्षता तथा सीईओ वा कार्यवाहक सीईओको अनुभव भएकालाई प्राथमिकता दिइनेछ। दरखास्त दिने अन्तिम म्याद साउन २३ गते, दिउँसो २ बजेसम्म तोकिएको छ। आवेदन संस्था कार्यालय वा इमेल ([email protected]) मार्फत पठाउन सकिनेछ।

इच्छुक उम्मेदवारले फोटो, नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र, २५०० शब्दभित्रको कार्यदिशा प्रस्तावसहित आवेदन दिनुपर्नेछ। विदेशी शैक्षिक योग्यताका हकमा त्रिभुवन विश्वविद्यालयको समकक्ष प्रमाणपत्र अनिवार्य हुनेछ। पारिश्रमिक आपसी सहमतिमा निर्धारण गरिनेछ। योग्य उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव र प्रस्तुतीकरणको आधारमा छनोट प्रक्रिया सञ्चालन गरिनेछ।

1753417688 https://bajarkochirfar.com/nerude-mirmire-microfinance-seeks-ceo-what-qualifications-are-required | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स