भोलि नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ४ गते
भोलि नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा बस्दै, यस्ता छन् प्रस्तावहरु

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभा भोलि जेठ ५ गते बिहान ११ बजे धुलिखेलस्थित होटल सारथीमा बस्नेछ।

गत वर्ष लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्नेछ र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्नेछ।

त्यस्तै, संस्थापक र सर्वसाधारण समूहबाट प्रत्येक समूहका ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा प्रस्तुत हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरिनेछ।

कम्पनीले सभा प्रयोजनका लागि वैशाख २१ गते सेयरधनीहरूको नामावली बन्द (बुक क्लोज) गरिसकेको छ, जस अनुसार वैशाख २० गतेसम्म कायम सेयरधनीहरू मात्रै सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स