नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ५ गते
नेरुडे मिर्मिरे लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अठारौं वार्षिक साधारण सभा आज जेठ ५ गते, बिहान ११ बजे धुलिखेलस्थित होटल सारथीमा सम्पन्न हुँदैछ।

कम्पनीले गत वर्ष जस्तै यस वर्ष पनि सेयरधनीहरूलाई कुनै लाभांश नदिने निर्णय गरिसकेको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणहरू पारित गरिनेछ र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति पनि गरिनेछ।

त्यसैगरी, संस्थापक तथा सर्वसाधारण सेयरधनी समूहबाट कुल ६ जना सञ्चालकको निर्वाचन गरिनेछ—जसमा ३ जना संस्थापक र ३ जना सर्वसाधारण तर्फबाट रहनेछन्। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ। त्यसैले वैशाख २० गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स