नेपाल ल्यूब आयलको नाफामा १८० प्रतिशत उछाल, प्रतिसेयर आम्दानी ६०.२९ रुपैयाँ पुग्यो
नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १८० प्रतिशत धेरै हो। गत वर्ष यस कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो।