नेपाल ल्यूब आयलको नाफामा १८० प्रतिशत उछाल, प्रतिसेयर आम्दानी ६०.२९ रुपैयाँ पुग्यो

नेपाल ल्यूब आयलको नाफामा १८० प्रतिशत उछाल, प्रतिसेयर आम्दानी ६०.२९ रुपैयाँ पुग्यो
नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा १८० प्रतिशत धेरै हो। गत वर्ष यस कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो।

पुस महिनासम्म कम्पनीको कुल आम्दानी ५४ करोड ९६ लाख पुगेको छ, जुन गत वर्षको ५१ करोड ७६ लाखको तुलनामा बढी हो। त्यस्तै, सञ्चालन आम्दानी २ करोड ६० लाख पुगेको छ, जुन गत वर्षको सोहि आवधिमा १ करोड ६८ लाखभन्दा थियो। वित्तीय खर्च १ करोड ८४ लाखबाट घटेर १ करोड ३८ लाख पुगेको छ। पुसमसान्तसम्म रिटेन्ड अर्निङ २६ करोड ७७ लाख पुगेको छ।

कम्पनीको चुक्ता पुँजी ७ करोड २८ लाख ६२ हजार रुपैयाँ रहेको छ । पुसमसान्तसम्म ल्यूब आयलको प्रतिसेयर आम्दानी ६०.२९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५६२ रुपैयाँ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स