ग्रीन डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, फ्रेसरले पनि आवेदन दिन पाउने

ग्रीन डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, फ्रेसरले पनि आवेदन दिन पाउने
Advertisement Ads

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ। बैंकले पोखरा-८, नयाँ सडकस्थित केन्द्रिय कार्यालय तथा देशभरका शाखाहरूका लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो।

सूचनाअनुसार, रिलेशनशिप म्यानेजर (सहायक तहदेखि जुनियर अफिसरसम्म) पदका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण भई बैंक तथा वित्तीय संस्थामा दुई वर्षभन्दा बढी अनुभव भएका उम्मेदवारहरू आवेदक बन्न सक्नेछन्। उमेर कम्तीमा १८ वर्ष र बढीमा ३५ वर्ष हुनुपर्नेछ।

त्यस्तै, ट्रेनी असिस्टेन्ट पदका लागि न्यूनतम १०+२ तह पास गरेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् भने स्नातक उत्तीर्ण उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अनुभव नभएका (फ्रेसर) उम्मेदवारहरूले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र हस्तलिखित आवेदन, अद्यावधिक सीभी र हालसालै खिचिएको फोटो सहित [email protected] मा इमेल गर्न वा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

download 7 https://bajarkochirfar.com/job-opening-at-green-development-bank-freshers-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स