स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ११५.१६ प्रतिशतले बढेर २३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा संस्थाले ११ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा आएको सुधारका कारण नाफा बढेको हो। चौथो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४७.२४ प्रतिशतले बढेर ६२ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ६८ करोड ६४ लाख रुपैयाँमा पुगेको छ।
यता, लघुवित्तको खराब कर्जा अनुपात १.९८ प्रतिशतबिन्दुले बढेर ७.५४ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा लघुवित्तले ४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन र ४ अर्ब १९ करोड सापटी गरी ९ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
लघुवित्तको चुक्ता पूँजी ७८ करोड ३९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १७ करोड १७ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ।
चौथो त्रैमाससम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा ले बढेर ३० रुपैयाँ ५८ पैसा मा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ २० पैसा रहेको छ। यस्तै, लघुवित्तको प्रतिसेयर कुल सम्पत्ति मूल्य १ हजार २९५ रुपैयाँ ६ पैसा, मूल्य आम्दानी अनुपात ३३.३९ गुणा र तरलता अनुपात १६.२७ प्रतिशत रहेको छ।
अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

















प्रतिकृया