गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो।
बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाउने र स्वीकृत भएपश्चात् वार्षिक साधारण सभामा पेश गरिने निर्णय पनि गरेको छ।


















प्रतिकृया