instainsta

संस्थापकले नकिनेपछि मञ्जुश्री फाइनान्सले सर्वसाधारणका लागि राख्यो सेयर बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण ३ गते
संस्थापकले नकिनेपछि मञ्जुश्री फाइनान्सले सर्वसाधारणका लागि राख्यो सेयर बिक्रीमा
AdvertisementAds

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले १ हजार ८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कम्पनीका संस्थापक सेयरधनी आइब्रोक्स इन्टरनेशनलको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याइएको हो।

यसअघि कम्पनीले ३५ दिने सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकताका आधारमा सेयर खरिद गर्ने अवसर दिएको थियो। तर, तोकिएको अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि उक्त सेयर अब सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स