एनआइसी एशिया सहित चार बैंक परे राष्ट्र बैंकको कारवाहीमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ८ गते
एनआइसी एशिया सहित चार बैंक परे राष्ट्र बैंकको कारवाहीमा

राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनल, एनआइसी एशिया बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र पोखरा फाइनान्सलाई विभिन्न उल्लंघनका कारण कारवाही गरेको छ।

सिटिजन्स बैंकले प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा निर्देशन विपरीत संशोधन गरी सुविधा वृद्धि गरेको र फास्ट ट्रयाक कर्जाको उपयोगसम्बन्धी आन्तरिक लेखापरीक्षकको निर्देशन पालना नगरेको पाइयो। बैंकले ब्याजदर अन्तरको गलत गणना, नयाँ कर्जा लिएर पुरानो कर्जा चुक्ता गर्ने काम, जमानतको भुक्तानी समयमा नगर्ने, र कर्जा नोक्सानी व्यवस्थापनमा कमजोरी देखाएको छ।

एनआइसी एशिया बैंकले ऋणीबाट बढी ब्याज असुल गरेको र कर्जा सम्झौतामा आवश्यक विवरण स्पष्ट नगरेको कारण राष्ट्र बैंकले सचेत गराएको छ।

पोखरा फाइनान्सले न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेको भन्दै ३२ लाख रुपैयाँभन्दा बढी जरिवाना तिराएको छ।

गुहेश्वरी मर्चेन्टले कर्मचारी विनियमावलीमा राष्ट्र बैंकको स्वीकृति बिना संशोधन गरेको र सञ्चालक नियुक्तिमा नियम उल्लंघन गरेको पाइएको छ। यसकारण सचेत गराइएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स