बेष्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
बेष्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

एक दशकपछि बीएन घर्ती पुनः बैंकिङ क्षेत्रमा फर्किएका छन्। गैरआवासीय नेपाली (एनआरएन) सहित विभिन्न नेपाली व्यवसायीहरूको लगानी रहेको बेष्ट फाइनान्सले उनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ।

बेष्ट फाइनान्सको सञ्चालक समितिको हालै सम्पन्न बैठकले घर्तीलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव राजसुन्दर श्रेष्ठले जनाएका छन्।

११ वर्षअघि घर्ती तत्कालीन किष्ट बैंकमा कामु सीईओको भूमिकामा थिए। पछिल्लो समय उनले बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। हालै उनले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले सामना बैंकिङ पुरस्कार प्राप्त गरेको थियो।

घर्तीको परामर्शमा बेष्ट फाइनान्स समस्याग्रस्तबाट माथि उठ्न सफल भएको थियो। यसअघि उनले नेपाल फाइनान्स र समृद्धि फाइनान्सलाई पनि समस्याग्रस्त सूचीबाट हटाउन परामर्शदाताको रूपमा योगदान दिएका थिए।

व्यवस्थापनमा एमबीए गरेका घर्ती हाल पीएचडी गर्दै छन्। अब उनले सुधार भइसकेको बेष्ट फाइनान्सको नेतृत्व गर्दै वित्तीय क्षेत्रमा नयाँ रणनीति कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स