बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा भोलि असार १८ गते बस्दैछ। सभा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा भविष्यमा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियामा जान आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पेश हुनेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरिनेछ।
त्यसैगरि, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसमेत गरिनेछ।, सञ्चालक समितिमा सर्वसाधारण तथा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन पनि उक्त सभाबाट हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ २४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया