बेष्ट फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज असार १८ गते बस्दैछ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा अन्य कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउने र सो सम्बन्धमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेन्डा पनि छ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
कम्पनीले सभा गर्न जेठ २५ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, जेठ २४ गतेसम्म नाममा सेयर कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया