क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको पहिलो चरणको आईपीओ फागुन ५ गते बाँडफाँड गरेको छ।
कम्पनीले माघ १५ देखि २९ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो, जसमा ४७,५१६ जनाले आवेदन दिएका थिए। तीमध्ये २२,५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले ७५ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत (२२ लाख ५० हजार कित्ता) आईपीओ निष्कासनका लागि अनुमति पाएको थियो। पहिलो चरणमा यसको १० प्रतिशत (२ लाख २५ हजार कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया