भोलि बस्दैछ क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स साधारण सभा, के- के छन् प्रस्तावहरु



Advertisement
Ads

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा भोलि जेठ २३ गते बस्ने भएको छ। सभा सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।


Advertisement

 त्यसैगरी, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन समेत साधारण सभाबाट गरिनेछ। कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर