क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १ लाखभन्दा बढी सेयरको लक–इन अवधि आगामी २०८२ साल असोज ५ गतेपछि समाप्त हुने भएको छ।
कम्पनीमा सामूहिक लगानी कोषहरूले धारण गरेका १ लाख १२ हजार ५ सय कित्ता सेयर लक–इन अन्त्यसँगै बिक्रीयोग्य हुनेछन्। सार्वजनिक निष्कासनमार्फत बाँडफाँड भएको सेयरमध्ये म्युचुअल फण्डलाई ६ महिनासम्म बिक्री नगर्नु पर्ने प्रावधान अनुसार यी सेयर लक–इनमा रहेका हुन्।
कम्पनीले आईपीओ निष्काशन गर्दा कुल चुक्ता पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। अब असोज ५ गतेपछि म्युचुअल फण्डहरूले आईपीओमार्फत खरिद गरेका सेयर बजारमा बिक्री गर्न सक्नेछन्।

















प्रतिकृया