क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज (जेठ २३ गते) बिहान ११ बजे कम्पनीको सुर्खेतस्थित रजिष्टर्ड कार्यालयमा बस्दैछ।
सभामा अघिल्लो आर्थिक वर्ष (२०७९/८०) को वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू प्रस्तुत गरी पारित गरिनेछ। त्यसका साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेस हुने छ।
यस पटकको साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन पनि गरिनेछ। कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव भने पेश गरेको छैन।
यसअघि, सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेको छ। सो अनुसार, जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र आजको सभामा सहभागी हुन पाउनेछन्।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया