क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज (जेठ २३) गते सुर्खेतस्थित कम्पनीको दर्ता कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले संस्थाको वर्तमान प्रगति र भावी योजनाहरूको संक्षिप्त जानकारी दिएका थिए।

संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले संचालक समितिको प्रतिवेदनलाई सेयरधनीहरूको सकारात्मक अभिव्यक्तिसहित सर्वसम्मत रूपमा पारित गर्‍यो। साथै, लेखापरिक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल पश्चात सर्वसम्मत पारित भएका छन्।

आर्थिक वर्ष २०७८/७९ का लागि बाह्य लेखापरिक्षकको रूपमा उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गर्ने निर्णय पनि सभाले पारित गरेको छ। यसैगरी, समूह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनीहरूको तर्फबाट ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन संचालकमा निर्वाचित भएका छन्।

सभाको समापनमा अध्यक्ष ऋषिराज मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिहरूप्रति आभार व्यक्त गरे। उनले कम्पनीको भविष्य रणनीति र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्याउँदै सभा विसर्जनको घोषणा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स