जेठ २३ गते दोस्रो वार्षिक सभा बस्दै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
जेठ २३ गते दोस्रो वार्षिक सभा बस्दै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, यस्ता छन् प्रस्तावहरु

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा जेठ २३ गते बस्ने भएको छ। सभा सुर्खेतस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।

सभामा अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। त्यसैगरी, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरूको निर्वाचन समेत साधारण सभाबाट गरिनेछ। कम्पनीले लाभांश सम्बन्धी भने कुनै प्रस्ताव गरेको छैन ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स