एबीपी इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

एबीपी इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Advertisement Ads

जलविद्युत् आयोजना विकास गरिरहेको एबीपी इनर्जी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने भएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

असोज ९ गते भएको सम्झौतामा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ क्यापिटलका सीईओ सन्दीप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले नुवाकोटको दुप्चेश्वर–१, घ्याङफेदीमा ८ मेगावाटको तादी घ्याङफेदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

१ अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सिद्धार्थ बैंकले १ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरिसकेको छ। आयोजनाको भौतिक प्रगति ६० प्रतिशतभन्दा बढी पुगेको र २०८४ वैशाखसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स