अर्थ मन्त्रालयका दुई सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

अर्थ मन्त्रालयका दुई सहसचिवको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

अर्थ मन्त्रालयअन्तर्गतका दुई सहसचिवको सरुवा भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव रामकृष्ण पुडासैनी र विष्णुप्रसाद ज्ञवालीको सरुवा गरेको हो।

पुडासैनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट दाङको घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्। त्यस्तै, सहमहालेखा नियन्त्रकको जिम्मेवारीमा रहेका ज्ञवालीलाई गृह मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ।

उनीहरू कार्यरत पद तत्कालका लागि रिक्त रहने अर्थ मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स