दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

दुई लघुवित्त कम्पनीको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको बोनस सेयरमूल्य समायोजन भएको हो ।
सपोर्ट माइक्रोफाइनान्स
नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।  कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य ३३२७ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य  २९२४.१९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 29 11 2024 153758 www.nepalstock.com .np https://bajarkochirfar.com/adjustment-of-the-share-price-of-two-microfinance-companies | %tags

फरवार्ड माइक्रोफाइनान्स
नेप्सेमा फरवार्ड माइक्रोफाइनान्सको १३.३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको बिहीबार अन्तिम कारोबार मूल्य १५३२ रुपैयाँ अनुसार मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १३५२.१६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 29 11 2024 153745 www.nepalstock.com .np https://bajarkochirfar.com/adjustment-of-the-share-price-of-two-microfinance-companies | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स