फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ।
संस्थाको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले १३औं वार्षिक साधारण सभा वैशाख २१ गते, दिनेश स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
सभामा संस्थाको पूँजी वृद्धि सम्बन्धी विशेष प्रस्ताव पेश गरिनेछ। साथै हाल कायम रहेको ७०:३० संस्थापक–सर्वसाधारण सेयर संरचनालाई परिवर्तन गरी संस्थापकको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गरिनेछ। यसका लागि संस्थापक सेयरमध्ये १० प्रतिशत सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने योजना रहेको छ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, सोही वर्षको नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ।
सभाले संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन/मनोनयन गर्नेछ।
साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।













![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया