हिमालयन रिइन्सुरेन्स लिमिटेडले म्युचुअल फन्डको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि आगामी असार १० गते सकिने भएको छ । कम्पनीले म्युचुअल फन्डहरूलाई छुट्टाएको १५ लाख शेयरको ‘लक इन’ अवधि सकिन लागेको हो ।
कम्पनीले गत पुस ११ गते साधारण शेयर बाँडफाँट गरेको थियो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँबराबरको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त बाँडफाँड गरिएको मध्ये म्युचुअल फन्डलाई छुट्टाइएको ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्डले आइपीओ बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म म्युचुअल फन्डलाई छुट्याएको सेयर बिक्रीमा गर्न नपाउने व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार ‘लक इन’ अवधि सकिए पश्चात मात्र म्युचुअल फन्डहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
#BajarkoChirfar #bazarkochirfar









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया