सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा , क-कसले आवेदन दिन पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २८ गते
सूर्यज्योति लाइफ इन्सुरेन्सको संस्थापक सेयर बिक्रीमा , क-कसले आवेदन दिन पाउने ?
सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ लाख १ हजार ४७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एनआइसी एसिया बैंकको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।   उक्त सेयरमा  हाल कम्पनीका संस्थापक सेयरधनी हरुले मात्र आवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०८ रुपैयाँ तोकिएको छ। तसर्थ, सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (भदौ २८ गते) बाट ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा निवेदन दिन सक्नेछन्। तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई  बिक्री गरिने कम्पनीले जनाएको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स