लाभांश पारित गर्न सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १८औँ वार्षिक साधारण सभा पुस ३० गते बोलाएको छ। सभा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे सुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा अन्य आवश्यक प्रस्तावहरू पनि सभामा पेश हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार पुस १७ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया