सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ३० गते सम्पन्न १८ औं वार्षिक साधारणसभाले पारित गरेको १३ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा भएको छ।
कम्पनीका अनुसार साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १८ गते बूक क्लोज गरिएको थियो। त्यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूका लागि करसहितको १३ प्रतिशत नगद लाभांश पुस ३० गतेदेखि नै बैंक खातामा पठाउन थालेको छ।
कम्पनीले खातामा नगद लाभांश नपाएका सेयरधनीहरूलाई आफ्नो डिम्याट खाता र बैंक खाता अपडेट गर्न आग्रह गरेको छ, जसपछि मात्र लाभांश प्राप्त गर्न सकिनेछ। साथै, पुस १७ गतेसम्म सेयर धितो राखेर ऋण लिएको सेयरधनीले मात्र ऋण लिएको संस्थाबाट एनओसी पत्र पेश गरेपछि लाभांश फुकुवा पाउनेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया