सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत वर्ष यसै अवधिमा कम्पनी ७ करोड ७७ लाख रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ११ करोड ५९ लाखबाट घटेर ११ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै कुल आम्दानी पनि १.०४ प्रतिशतले घटेको छ। कुल खर्च ७.०६ प्रतिशतले बढेर १३ करोड ११ लाख रुपैयाँ पुगेको छ। यता वित्तीय खर्चमा १५.२७ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँबाट ११ करोड रुपैयाँमा झरेको छ।
सिटी होटलको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा कायम भएको छ।




















प्रतिकृया