मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यस अवधिमा कम्पनीको नाफा २ करोड ३७ लाख रुपैयाँ थियो।अघिल्लो वर्षको तुलनामा यस वर्ष कम्पनीले १३६ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो।
कम्पनीको विद्युत् बिक्री आम्दानी पनि १०३ प्रतिशतले बढेर १३ करोड ७७ लाख रुपैयाँ पुगेको हुँदा यसको नाफामा सकारात्मक प्रभाव परेको हो। तर, वित्तीय खर्च पनि बढेर २ करोड ७६ लाख रुपैयाँबाट ४ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
हाल कम्पनीको चुक्तापूँजी ७६ करोड र रिटेन्ड अर्निङ ४ करोड २२ लाख रुपैयाँ रहेको छ। साथै, प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५३ पैसा रहेको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया