बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनी २ करोड ९ लाख रुपैयाँ घाटामा थियो।
अघिल्लो वर्ष कम्पनीले हेवा खोला जलविद्युत आयोजनामा बाढीले पुर्याएको क्षतिका कारण घाटा व्यहोरेको थियो। यस वर्ष भने कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ९९ लाख रुपैयाँ आम्दानी गर्दै नाफा रिपोर्ट गरेको हो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३ करोड ११ लाख रुपैयाँ रहेको छ। बरुण हाइड्रोपावरको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड १५ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ११ रुपैयाँ ९८ पैसा रहेको छ, यस्तै प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ २३ पैसा पुगेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया