चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेको इन्स्योरेन्सले ७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १९.९६ प्रतिशत कम हो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी ३.३३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी १४.९९ प्रतिशत बढेको छ भने कुल खर्च ७.४५ प्रतिशत बढेको छ। २ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सले विशेष जगेडा कोषमा २ अर्ब १३ करोड र रिटेन्ड अर्निङ्गमा ५९ करोड ८८ लाख रुपैयाँ सञ्चित गरेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रति सेयर आम्दानी ३ रुपैयाँ ४९ पैसा घटेर १४ रुपैयाँ १ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ २७९ रुपैयाँ ८१ पैसा कायम छ।













![इन्स्योरेन्स र रि इन्स्योरेन्सहरुलाई रसुवा बाढीको असर कस्तो पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/NGMO2lMdmDk-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया