चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको खुद नाफा १९.४५ प्रतिशत बढेको छ। कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा २ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।
आम्दानीमा घटोत्तरी आएको भएपनि वित्तीय खर्च र कुल खर्चमा कमी आएपछि कम्पनीको नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४.९९ प्रतिशत घटेको छ भने कुल आम्दानी ५.६९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको अन्य आम्दानी ८७.६६ प्रतिशत र कुल खर्च ४.०६ प्रतिशत घटेको छ।
वित्तीय खर्च ६ करोड ३३ लाखबाट घटेर ४ करोड ४९ लाखमा सीमित भएपछि कम्पनीको नाफा बढेको हो। कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ४ करोड ५१ लाख ऋणात्मक रहेको छ। नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २७ पैसा बढेर १ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ६ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात ५६.६५ गुणा रहेको छ।













![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया