हिलोरा हिल्स रिसोर्ट लिमिटेडले आफ्नो आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।
सेयर निष्काशनसम्बन्धी सम्झौतामा रिसोर्टतर्फबाट सञ्चालक दीपविक्रम विष्ट र लक्ष्मी सनराइज क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता १९ चैतमा बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० लाख कित्ता सेयर, अर्थात् ४० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने योजना बनाएको छ। भक्तपुरमा रहेको हिलोरा हिल्स रिसोर्टमा सयवटाभन्दा बढी कोठा रहेका छन्।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया