२ अर्ब रुपैयाँको लगानीमा सिद्धार्थनगरमा पाँचतारे होटल बन्दै, कहिलेदेखि सञ्चालनमा आउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २९ गते
२ अर्ब रुपैयाँको लगानीमा सिद्धार्थनगरमा पाँचतारे होटल बन्दै, कहिलेदेखि सञ्चालनमा आउने ?

रुपन्देहीको सिद्धार्थनगरमा एमेराल्ड प्यालेस कम्पनीले पाँचतारे होटल निर्माण गर्ने भएको छ। होटलमा १०९ वटा कोठा रहनेछन् भने ब्याङ्क्वेट, स्विमिङ पुल, क्यासिनो र स्पाजस्ता सुविधा उपलब्ध हुनेछन्।

करिब ९६ हजार ६ सय ८६ स्क्वायर फिट क्षेत्रमा फैलिने यो होटलमा २ वटा सभाहल, २ वटा बिजनेस सेन्टर, क्यासिनो र जिमसमेत रहनेछन्। सन् २०२० मा दर्ता भएको कम्पनीले करिब २ अर्ब रुपैयाँ लगानीमा होटल निर्माण गर्ने योजना बनाएको छ।

लगानी संरचना ८०:२० रहनेछ, जसअनुसार ८० प्रतिशत कर्जा र २० प्रतिशत इक्विटीबाट लगानी गरिनेछ। हालसम्म इक्विटीतर्फ ५ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ भने आयोजनाको आर्थिक प्रगति ११ प्रतिशत पुगेको छ।

कम्पनीले सन् २०२९ को जुलाईदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ। कर्जातर्फ हालसम्म १९ करोड रुपैयाँ व्यवस्थापन भइसकेको छ भने सन् २०२५ को जुलाईसम्ममा २२ करोड ३० लाख रुपैयाँ निर्माणमा खर्च हुने अनुमान गरिएको छ।

होटल लुम्बिनीबाट २२ किमी र सुनौली सीमा नजिकै ६ किमी टाढा रहने भएकाले धार्मिक तथा आध्यात्मिक पर्यटकलाई लक्षित सेवा दिने योजना छ।

योगेश घिमिरे अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ६० करोड रुपैयाँको रेटिङ

गराएको छ, जुन पहिले १ अर्ब रुपैयाँ थियो। घिमिरेसँग दुई दशकभन्दा बढी व्यावसायिक अनुभव रहेको उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स