नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बीमा प्रकरणमा नियम विपरीत कार्य भएको ठहर गर्दै दुई बीमा कम्पनी, एक ब्रोकर कम्पनी र एक अधिकारीलाई कारबाही गरेको छ।
प्राधिकरणका अनुसार नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई कबुलियत गरिएको छ भने हिमालयन रि-इन्स्योरेन्स र ओरिएन्टल इन्स्योरेन्स लाई जनही दुई–दुई लाख रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनीको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरिएको प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन्।
प्राधिकरणका अनुसार सम्बन्धित कम्पनीहरूले बीमा ऐन र निर्देशन विपरीत नियोजित रूपमा हिल्टन होटलको जोखिम हिमालयन रि-इन्स्योरेन्स मा पुनर्बीमा गरेका थिए। तर, उक्त जोखिमको दायित्व भने सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी मा सार्ने प्रयास गरिएको देखिएको छ।
यही कारणले प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३८ (४) अनुसार कारबाही गरेको हो।



















![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया